काठमाडौं, २२ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई बिनाकारण पाँच घण्टा हिरासतमा राखिएको विषयमा सरकारको आलोचना गरेका छन् । उनले राज्यले मधेशी, थारुलगायतका समूदायलाई जहिल्यैपनि अन्याय गरेको टिप्पणी गरे ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,‘अचानक उहाँ रेशम चौधरीलाई गिरफ्तार गरियो, कुनै कारण छैन, एउटा फाल्तु चिठ्ठी देखाए, राज्यको सबै निकायले त्यस पत्रलाई मानेर जेल हालियो । रेशम चौधरी र सिके राउत त पार्टी एकीकरणको लागि प्रज्ञा प्रतिष्ठानमा एक कठ्ठा भएका थिए ।’
राज्यले जहिल्यैपनि आफूलाई विजेताको रुपमा प्रस्तुत गरेको र आफूहरुलाई पराजितको रुपमा व्यवहार गरिएको ठाकुरको गुनासो छ । उनले आफूहरुको पीडा कसलाई सुनाउने भन्दै प्रश्न गरे । उनले राज्यले आफूहरुको कुरा नसुनेको बताए ।




प्रतिक्रिया