काठमाडौं, २४ बैशाख । भारतले पहलगाममा भएको आतंकवादी हमलाको बदलामा पाकिस्तानमा आक्रमण गरेको छ । आज विहानै गरिएको उक्त आक्रमणलाई भारतले ‘अप्रेशन सिन्दुर’ नाम दिएको थियो । उक्त आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो । भारतको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा पाकिस्तानी सैन्य क्षेत्रलाई भने कुनै निशाना नबनाईएको उल्लेख गरेको छ । भारत जरैदेखि आतंकवाद उन्मुलन गर्नेतफ प्रतिबद्ध रहेको भारतीय गृहमन्त्री अमित शाहले उल्लेख गरेका छन् । अप्रेशन सिन्दुर पहलगाम हमलाको जवाफ भएको पनि शाहले जनाएका छन् ।





प्रतिक्रिया