काठमाडौं, २८ बैशाख । राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिको अध्यक्षमा तिलकजङ्ग बुढाथोकी छानिएका छन् । तेस्रो केन्द्रीय अधिवेशनले देशको सार्वजनिक सेवा प्रसारण कार्यालयमा कार्यरत बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद खनाल (गोरखापत्र संस्थान) तथा उपाध्यक्षत्रयमा कपिलप्रसाद पन्त (नेपाल टेलिकम), करण भण्डारी (नेपाल टेलिकम) र अभिमन्यु खड्गी (दुग्ध विकास संस्थान) छानिएका छन् ।
त्यसैगरी, महासचिवमा रामचन्द्र लम्साल (नेपाल टेलिकम), सचिवहरू प्रमोद भट्टराई (रेडियो नेपाल), अशोक घिमिरे (राष्ट्रिय समाचार समिति), सुजना पौडेल (नेपाल टेलिकम) र कोषाध्यक्षमा नन्दुकुमार तन्दुकार (काठमाडौं उपत्यका खानेपानी लिमिटेड) चयन भएका छन् । त्यस्तै, अधिवेशनबाट सदस्यहरूमा प्रह्लाद न्यौपाने, ओम पण्डित, सोम तामाङ, सुन्दरराज बखुन्छे, निर्मला आचार्य र दलबहादुर बिक चयन भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेकपा (माओवादी केन्द्र) सँग निकट मानिन्छ ।
प्रतिक्रिया