काठमाडौं, ३१ बैशाख । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने निर्णय लिएका छन् । आज (बुधबार) सामाजिक सञ्जालमार्फत् आफूले सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय लिएको स्पष्ट पारेका छन् ।
तर, यो निर्णय आफूले धेरै सोचविचार गरेर लिएको र यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा रहनको लागि नभएको उनको स्पष्टोक्ति छ । उनले आफ्नो निर्णयलाई व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने रुपमा चित्रण गरेका छन् । क्यानको सम्झौता नसकिँदै उनले यस्तो निर्णय लिएका हुन् ।
प्रतिक्रिया