अर्थ मन्त्रालयको बेरुजु ७० प्रतिशतभन्दा बढी


काठमाडौं, ३१ वैशाख । संघीय सरकारको अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा धेरै देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनअनुसार अर्थको बेरुजु ७० दशमलव ६१ प्रतिशत रहेको छ । अर्थको कूल बेरुजु रकम ३३ अर्ब ७१ करोड १७ लाख हुन आउँछ ।

त्यसैगरी, बेरुजुको दोस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । भौतिकको बेरुजु १३ दशमलव ४८ प्रतिशत अर्थात् ६ अर्ब ४३ करोड ६४ लाख
रहेको छ ।

त्यसैगरी, रक्षा मन्त्रालयको बेरुजु ३ दशमलव ५० प्रतिशत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु ३ दशमलव १६ प्रतिशत, परराष्ट्र मन्त्रालयको बेरुजु २.२१ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयको बेरुजु १ दशमलव ३८ प्रतिशत, सहकारी विकास मन्त्रालयको १ दशमलव ३० प्रतिशत रहेको छ ।