भोजपुर, ५ जेठ । रामप्रसादराई गाउँपालिकाले वडा नम्बर २ धोद्लेखानीमा कार्यरत कार्यालय सहयोगीको स्पष्टीकरण माग गरेको छ । गाउँपालिकाले सहयोगी नरोत्तम तामाङलाई समयमै कार्यालय नपुगेको विषयमा स्पष्टीकरण माग गरेको हो ।
गाउँपालिकाले गत २०८१ चैत्र १७ गते बसेको कार्यपालिका बैठकको निर्णयबमोजिम सहयोगी तामाङलाई चैत्र १९ गते वडा नं. २ बाट वडा नं. १ ओख्रेमा कार्यलय सहयोगीकै पदमा सरुवा गरेको थियो ।
तर, सहयोगी तामाङले हालको समयसम्म पनि कार्यालयमा हाजिर हुन नपुगेकाले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रितमअधिकारीले स्पष्टीकरण माग गरिएको बताए ।
तामाङलाई सरुवा भएको यतिका समय बित्दापनि कार्यालयमा उपस्थित नभएको र आफ्नो अनुपस्थितिका कारणबारे कुनै जानकारी नदिएको उल्लेख गर्दै गाउँपालिकाले उनलाई तुरुन्तै कार्यालयमा हाजिर भई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।




प्रतिक्रिया