काठमाडौं, जेठ ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया