पशुपतिमा गौमाता संरक्षण तथा गौशाला निर्माण महाअभियान सञ्चालन हुने


काठमाडौं, ७ जेठ । राष्ट्रिय युवा समाज र सुन्दर परिकल्पना सक्षम समाजको संयुक्त आयोजनामा गौमाता संरक्षण तथा गौशाला निर्माण महाअभियान सञ्चालन हुने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जनकारी गराइएको हो ।

महाअभियान आगामी साउन १ गतेदेखि ३२ गतेसम्म पशुपति क्षेत्रभित्र सञ्चालन हुने छ । ‘गाई गोरुहरुका लागि बस्ने गौशाला निर्माणका लागि आर्थिक संकलन गर्नुपर्ने भएको हुँदा साउन १ गतेदेखि पशुपति क्षेत्र विकास कोषभित्र रहेको राम मन्दिरसँगैको खाली जग्गामा श्रीमद् भागवत ज्ञान महायज्ञ कार्यक्रम रहेको हुँदा उपस्थित हुनुहुन हार्दिक निमन्त्रणा गर्दछौं,’– सुन्दर परिकल्लना सक्षम समाजकी महासचिव सुभद्रा भुर्तेल खनालले भनिन् ।