कौशलटारमा बसमा आगलागी


काठमाडौँ । भक्तपुरको कौशलटारमा बसमा आगलागी भएको छ।

बसको पछाडिबाट धुवाँ निस्किएपछि प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेको भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिए।

उनका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ भने सबै यात्रु सकुशल रहेका छन्।