प्रतितोला १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, जेठ ८ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।