हितेन्द्रलाई नेकपा (बहुमत) को ९ बुँदे ज्ञापनपत्रः ‘अघोषित लोडसेडिङ तुरुन्त बन्द गरियोस्’


काठमाडौं, ८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौं जिल्ला समितिले विभिन्न ९ बुँदे माग राख्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ज्ञापनपत्र बुझाएको छ । उनीहरुले प्राधिकरणलाई निजीकरण गर्ने प्रपञ्च व्यापक भईरहेको उल्लेख गर्दै ध्यानाकर्षण गराएका छन् ।

प्राधिकरणलाई निजिकरण गर्ने सड्यन्यत्र बन्द गरिनुपर्ने, उर्जा क्षेत्रमा विचौलियाहरूको प्रवेशलाई सहज हुने गरी बनाईएका नीति नियमहरु तुरुन्त खारेज हुनुपर्ने, अघोषित लोडसेडिङ बन्द गरिनुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, डेडिकेटेड ट्रङ्कलाइनको उपभोक्ताको बक्यौता तत्काल असुली गरी ऋण लिने कार्य बन्द गर्न पनि नेकपा (बहुमत) ले ध्यानाकर्षण् ागराएको छ । File Photo/RN