मुक्ति समाज नेपालको १५१ केन्द्रीय समिति गठन, सबैखाले विभेदको अन्त्यका लागि काम गर्ने अध्यक्ष पौडेलको प्रतिवद्धता


काठमाडौं, १० जेठ । नेकपा (एमाले) को जनसंगठन मुक्ति समाज नेपालको सातौं राष्ट्रिय सम्मेलनबाट मनोहर विश्वकर्मा पौडेलको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको छ । मुक्ति समाज नेपालले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सातौं राष्ट्रिय सम्मेलनको निर्णय र निर्वाचित पदाधिकारीबारे जानकारी गराएको हो । अनुशासन आयोग, लेखा आयोग निर्वाचन आयोग र सल्लाकार परिषदसमेत गठन गरेको छ ।

मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलन गत जेठ ५ देखि ७ गतेसम्म काठमाडौंको बबरमहलस्थित कार्की व्यांकेटमा सम्पन्न भएको थियो । सम्मेलन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । विगतमा संगठनको नाम ‘नेपाल उत्पीडित जातीय मुक्ति समाज’ रहेकोमा सातौं राष्ट्रिय सम्मेलनबा ‘मुक्ती समाज नेपाल’ रहने गरि संशोधनसहित पारित गरिएको छ ।

मुक्ति समाजका नवनिर्वाचित अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले आफू समाजमा रहेका सबै खालका शोषण र विभेदहरुको अन्त्य गर्ने हिसाबले लाग्ने बताए । समाजका सबै नागरिकहरुको अधिकारलाई स्थापित गर्ने र उपयोग गर्ने हिसाबले काम गर्ने लक्ष्य रहेको बताउँदै अध्यक्ष पौडेलले भने, ‘यो समाजलाई मुक्ति गराउने कुरा, याृे समाजमा रहेका सबैखाले विभेदहरु, हामी उत्पीडित दलित समुदायको विभेदहरु मात्रै होइन, समाजमा रहेका सबै खालको विभेदहरुलाई अन्त्य गर्न चाहन्छौं । भलै यो संगठनमा जो रहनुहुन्छ, उत्पीडित दलित समुदायका साथीहरु रहनुहुन्छ,’– उनले भने ।

https://www.youtube.com/live/qT6vA13xoz4