काठमाडौँ ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा.डा.कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरेका छन् ।
विश्वविद्यालयका कुुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले उपकुलपति प्रा.डा.बिजुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुङ घर भई हाल चितवन निवासी मिश्रलाई आज नियुक्त गरेका हुन् ।
३१ वर्षदेखि अध्ययनरत डा.मिश्रले बागवानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गरेकी छिन् । र्नुभएको थियो । उनी विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न छिन् ।
प्रतिक्रिया