उपमहासचिव गजुरेलको सनसनीपूर्ण खुलासाः माओवादीसँगको निकटताको कारण वीरेन्द्रको वंशनाश भयो (भिडिओसहित)


काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाथ माओवादीसँगको निकटताको कारण भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालनी राजा वीरेन्द्र माओवादीले गरेको जनयुद्धप्रति सकारात्मक रहेको कारणले नै उनले सपरिवार गुमाउनुपरेको बताएका हुन् ।

‘वीरेन्द्र माओवादीप्रति सकारात्मक नै हो । त्यही भएर त मारिए । मान्छेहरुले त्यही भन्छन् । हो पनि त्यही, अहिले हेर्नुस् त राजा विरेन्द्रको परिवारको फोटो गाडीको पछाडि टाँसेर हिँडेको छैनन् ? जनतालाई राजा विरेन्द्रप्रति आस्था छ नि । अहिले पनि छदै छ । त्यत्रो पूरै परिवार नरसंहार नै भयो । किन भयो त भन्दा माओवादीसँग निकटता भएर,’– उनले भने ।

्नेता गजुरेलले गिरिजाले होलेरीमा सेना परिचालन गरौं भन्दा तत्कालीन राजा वीरेन्द्रले नमानेको घटना स्मरण गराए । उनले वीरेन्द्रको वंशनाश हनेगरी भएको हत्याकाण्डमा देशी विदेशी प्रतिकृयावादी शक्तिहरुको हात रहेको दाबी गरे ।