काठमाडौं, असार ८ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया