काठमाडौं, १० असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले आफूहरुसँग गरेको २ बुँदे सहमतिबमोजिम भिजिट भिसा र टिआईए प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले हिजो बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाएको कुरा जानकारी गराएका थिए । त्यसबारे पुनले धन्यवाद ज्ञापन गरेका हुन् । यस प्रकरणमा अख्तियारले निश्पक्ष रुपमा छानबिन गर्न पाउनुपर्ने उनको मत छ ।
प्रतिक्रिया