काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका रहे पनि हालसम्म मतदान सुरु हुन सकेको छैन ।
मतदानलाई लक्षित गर्दै खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दुवै मतदान केन्द्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मतदानस्थलमा पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ । त्यस्तै, कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई पनि हालसम्म खुलामञ्च र राष्ट्रिय सभागृह प्रवेश गर्न दिइएको छैन ।




प्रतिक्रिया