काठमाडौं, १० असार । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेसले २० सिटपनि नजित्ने ठोकुवा गरेका छन् । एमालेले पनि अबको निर्वाचनमा २० सिटपनि नजित्ने उनको ठोकुवा छ । उनले नेपाली जनताले अबको चुनावमा यी दललाई देखाईदिने चेतावनी दिए ।
उनले आफूजस्तै जनताको बीचमा एक्लै जान शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई खुला चूनौति दिए । देउवा र ओली सुरक्षाकर्मी नलिईकन जनताको बीचमा जान नसक्ने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनतामा अहिले चरम निराशा रहनुको कारण चरम बेथिति र भ्रष्टाचार रहेको सुनाए । उनले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेको नाश हुने र दुवै दलको सरकारमा जाने स्थिति नहुने दाबी गरे ।
प्रतिक्रिया