काठमाडौं । गीतकार बिमल कौशलको ‘लाजको पर्दा’ बोलको गीतलाई एक महिनामा ११ लाख भ्यूज प्राप्त भएको छ । गीतको भिडिओ आएको एक महिना भएको छ। यो समाचार तयार पार्दासम्म गीतलाई ११ लाख ३० हजार ४ सय ७२ भ्यूज प्राप्त भएको छ ।
खेम सेञ्चुरी र सुनितामी परियारको स्वर रहेको गीतको भिडिओमा चर्चित अभिनेता पल शाह र मोडेल जुना विश्वकर्माको अभिनय रहेको छ । गीतमा संगित भने हाकिम सुनारले भरेका हुन् । सुनितामी परियार नामक युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडिओलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडिओ भने करण चैसिर एण्ड टिमले खिचेको हो ।
प्रतिक्रिया