काठमाडौं, १८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीलाई थप ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले जर्मनीका लागि नेपाली आवासीय राजदूत रुपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरिएको हो ।

प्रतिक्रिया