काठमाडौं, १९ असार । सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद टुँगो लगाएको छ । हिजो (बुधबार) मध्यरातमा सर्वोच्च अदालतले उक्त विवाद टुँगो लगाएको हो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशका आधारमा २०७८ असार १० गते गरिएको २० पदाधिकारी नियुक्ति र २०७७ साल माघ २१ गते गरिएको ३२ पदाधिकारीको नियुक्तिको विवाद समाप्त भएको हो । यी ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ती सर्वोच्चले सदर गरिदिएको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह साउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल, मनोज शर्मा र नहकुल सुवेदीको इजलासले संवैधानिक पदाधिकारीको नियुक्तीको लामो विवाद टुँगो लगाएको हो ।
प्रतिक्रिया