काठमाडौं, १९ असार । गायिका एलिना चौहानले मर्नुभन्दा बहुलाउनु निको ठानेर पतिसँग डिभोर्स गरेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले आफूलाई बाँच्न नै गाह्रो भएपछि डिभोर्स गरेको बताएकी हुन् ।
‘तपाईँको किन सम्बन्धविच्छेद भयो ? किन छुट्टिनुपर्यो त ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई चाहिँ जिउनै गाह्रो भयो । एकदम कन्जष्टेड फिल भयो । त्यो ठाउँमा मलाई बाँच्न गाह्रो भयो । मर्नुभन्दा बहुलाउनु राम्रो भनेर मैले डिभोर्स गरेको हो ।’
साथै, उनले आफूलाई पूर्वपति विष्णु सापकोटाले धोका नदिएको बताईन् । सम्बन्ध टिकाइराख्नुभन्दा छुट्टिनु नै दुवैका लागि उपयुक्त देखेर आफूहरु छुट्टिएको बताईन् । ‘धोका दिएर होइन । हाम्रो सम्बन्ध लामो जाँदैन । एकदमै, पछि दुर्घटना नै हुनसक्छ । पछि नराम्रो हुनुभन्दा अहिले नै छुटेको राम्रो भनेर हो, धोका दिएको होइन । त्यस्तो केही होईन । बदला लिनैपर्छ भन्ने भावना सबैसँग हुनुपर्छ भन्ने पनि छैन । कसैले तपाईँलाई नराम्रो गर्छ भने उसलाई पनि तयाईँले नराम्रो नै गर्नुपर्छ भन्ने छैन नि त,’– उनले भनिन् ।
उनले आफूले पूर्वपति सापकोटालाई विश्वास दिलाउनै नसकेको बताईन् । ‘विश्वास थिएन सम्बन्धमा । एकदमै धेरै झगडा भएको भई गर्ने, शंका गरेपछि, आरोप लगाएपछि झगडा भइहाल्ने,’– उनले भनिन् ।
प्रतिक्रिया