काठमाडौं, २० असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सहभागी शरदसिंह भण्डारीलाई फिर्ता बोलाएर उनको ठाउँमा सर्वेन्द्रनाथ शुक्लालाई पठाउने तयारी गरेको छ । अध्यक्ष महन्थ ठाकुरले नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर यस विषयमा कुरा राख्ने भनिएको छ ।
भण्डारीलाई अहिलेको कांग्रेस–एमाले गठबन्धनको सरकारमा पठाउँदा एक वर्षको लागि भनेर पठाईएको थियो । यो सरकार बनेको एक वर्ष पूरा हुँदैछ । अहिले भण्डारी श्रममन्त्रीको जिम्मेवारीमा छन् । यसअघिपनि उनी सोही जिम्मेवारीमा थिए । अब एक वर्ष पूरा हुनेबित्तिकै लोसपाले भण्डारीलाई फिर्ता बोलाएर उनको ठाउँमा शुक्लालाई पठाउने भएको हो ।
शुक्लाले पनि पार्टीभित्र यही सहमति भएको खुलासा गरेका छन् । यद्धपी आफूले यो विषयमा कुनै कुरा नगरेको उनको भनाई छ । अध्यक्ष ठाकुरले गर्ने निर्णय आफूलाई स्विकार्य हुने उनको भनाई छ । file photo




प्रतिक्रिया