काठमाडौं, २१ असार । बहुप्रत्याशित् नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ, जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
प्रदर्शननीमा चार पाङ्ग्रे सवारी साधन १८ दुई पाङ्ग्रे ४ वटा, लाइट कमर्सियल भेइकल १३ वटा र अटो कम्पोनेन्टहरु ४० वटा स्टल रहने छन् ।
प्रदर्शनीका विशेष आकर्षणहरूमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद) इटेरी, क्याफे र एक विशेष प्रदर्शन रहेको बताइएको छ ।
यस संस्करणको टाइटल स्पोन्सर एमएडब्लू ग्रुप अफ कम्पनीज् रहनेछ । जसले एक नविन र गैर–प्रतिस्पर्धी उत्पादनमार्फत शोमा .सहभागी हुनेछ । नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुकासाथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।
प्रतिक्रिया