एकीकृत समाजवादीनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा थापा चयन


काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी विशेष जिल्ला कमिटीको ५औं अधिवेशनबाट अध्यक्षमा अशोक थापा चयन भएका छन् ।

अधिवेशनबाट थापाको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन भएको हो । नवनिर्वाचित अध्यक्ष थापा लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका छन् । उनले अनेरास्ववियूका उपाध्यक्षसमेत हुन् ।