काठमाडौं, ६ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको राजनीतिक भ्रष्टीकरण र लथालिङ्ग हुनुको मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको बताएका छन् । आज (मंगलबार) ४७औं पुष्पलाल स्मृतिमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता विप्लवले नेपालको राजनीति भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरु दोषी रहेको र त्यसमा पनि मुख्य दोषी माओवादी केन्द्र रहेको बताएका हुन् ।
‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरुको दोष छ । मुख्य दोषी माओवादी हो । मैले प्रचण्डसँग भनेको छु, आजको राजनीति यति भ्रष्टीकरण र लथालिङ्ग हुनु । बलिदानी गर्ने, क्रान्तिकारी अपमानित हुने ठाउँमा पुर्याउनेमा सबैभन्दा बढी दोषी माओवादी छ,’– विप्लवले भने ।
विप्लवले माओवादीले अरूलाई दोष दिएर उम्किने ठाउँ नरहेको बताए । आफ्ना विचार, वर्ग, आदर्शलाई छोडेर अर्कोलाई दोष दिन नपाइने उनको भनाइ छ । File Photo/RN




प्रतिक्रिया