माधव नेपाल छोडेर पूरानै घर एमालेमा फर्किन थाले नेताहरू, च्यासलमा न्यानो स्वागत


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूले नेकपा (एमाले) बिभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै पछुतो गर्ने बिन्दुमा पुगिरहेको बेला सो पार्टीका नेता कार्यकर्ताहरू धमाधम एमालेमा फर्कन थालेका छन् । सो क्रममा हिजो (शुक्रबार) नेकपा एकीकृत समाजवादीका मकवानपुरको इन्द्रसरोवर गाउँ कमिटीका अध्यक्ष लगायत सिङ्गो कमिटी र पेशागत क्षेत्रका नेताहरू एमालेमा फर्किएका हुन् ।

यसरी फर्कनेमा पेशागत महासंघ बाग्मती प्रदेशका कार्यबाहक अध्यक्ष डा। लछी सिंहसहित मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिकाका पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरू जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बालगायत रहेको एमालेले जनाएको छ ।

उनीहरुलाई एमाले मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेल, पार्टीका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इञ्चार्ज डा। राजन भट्टराई, नेकपा ९एमाले० संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले खादा र अवीर लगाएर स्वागत गरेका थिए ।

पूरानो घर फर्किएकाहरूलाई स्वागत गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा एसका नेताहरू नै पार्टी बिभाजन गलत थियो भन्ने निश्कर्षमा पुगिसकेको बेला एमालेमै फर्कने निर्णय सही रहेको भन्दै अव देशभर यही अभियान चलाउन सुझाव दिए ।