मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन लामा पक्षपनि तयार, १४ सांसद नै पुगे हेटौंडा


काठमाडौं, २७ साउन । बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिनमा नै आफ्नै पार्टीका १४ जना सांसद काठमाडौंमा बसेपछि मुख्यमन्त्री बानियाँ तनावमा थिए ।

तर, उनले ट्रयाक–२ रणनीति अख्तियार गरेर राप्रपाको साथ लिने पहल गरेपछि निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षपनि विश्वासको मत दिन तयार भएको छ।

कांग्रेसको बागमती प्रदेशको संसदीय दलको बैठकमा लामा पक्षधर सांसदहरुको पनि सहभागिता रहेको थियो । उनीहरु पनि विश्वासको मत दिन तयार भएको बताईन्छ । विश्वासको मत दिनको लागि कांग्रेस र एमालेले ह्वीप लगाएका छन् ।