काठमाडौं, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सदनसमक्ष विश्वासको मत मागेका छन् । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन को क्रममा मुख्यमन्त्री बानियाँले आफूलाई विश्वासको मत दिन माग गरेका हुन् ।
तर, सो प्रदेशका प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री बानियाँको पक्षमा मत नदिने घोषणा गरे । कांग्रेस–एमालेको बागमती सरकारले ठीक ढंगले काम नगरेको उनको गुनासो छ । यस्तै, उनले बजेट ल्याउँदा नै मनोमानी ढंगले ल्याईएको पनि गुनासो पोखे ।




प्रतिक्रिया