जसपा र रामुपा नेपालबीच एकताउन्मुख कार्यगत एकता घोषणा (सहमति पत्रसहित)


काठमाडौं, २९ साउन । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकताउन्मुख कार्यगत एकता भएको छ । आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत दुई दलबीच एकताउन्मुख कार्यगत एकता घोषणा भएको हो । जसपाका अध्यक्ष अशोक राई र रामुपा नेपालका अध्यक्ष राजेन्द्र महतोले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै बहुजातिय, बहुलराष्ट्रिय राज्यसुहाउँदो समाजवादको नेपाली बाटो तय गर्ने र समाजवादी लोकतान्त्रिक राजनैतिक शक्तिको पहलमा समाजको रुपान्तरणको कार्यलाई अगाढि बढाउने उद्देश्यले दुई दलबीच एकताउन्मुख कार्यगत एकता गरिएको भनिएको छ ।

यो कार्यगत एकता घोषणासँगै अब संघीयता, सुशासन, लोकतन्त्र, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको राज्य व्यवस्था स्थापना गर्न सरकार, संसद् र सडक तीनवटै क्षेत्रमा क्रियाशिल हुने भनिएको छ ।