लिपुलेक नेपालको हो, भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति स्पष्ट विरोध छ : शर्मा


काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लिपुलेक नेपालको भन्दै भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति स्पष्ट विरोध रहेको बताएका छन् । सरकार, संसद्, दलहरु र सिंगो नेपाल राष्ट्रियताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतमा उभिनुपर्ने उनको सुझाव छ । त्यसको विभिन्न ६ कदममार्फत एक्यबद्ध पहल गरौं भन्ने उनको भनाई छ ।

उनले अघि सारेका ६ बुँदे कदममा तत्काल सर्वपक्षीय/सर्वदलीय बैठक आह्वान गर्न सरकारलाई सुझाव छ । उनले संसद्बाट २०७७ जेष्ठ ३१ गते संविधानको अनुसूचि ३ मा सर्वसम्मत् पारित गरेको चुच्चे नक्साप्रति देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्ट पारिनुपर्ने उनको अर्को सुझाव छ ।

भारत र चीनबीच पछिल्लो समय भएको सहमतिको बारेमा नेपालले कुटनीतिक नोट पठाउनुपर्ने उनको मत छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश गराउनुपर्ने उनको भनाई छ ।

यस्तो छ शर्माले अघि सारेका ६ बुँदाहरु :