माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । उपमहासचिव हरिबोल गजुरेलका अनुसार आज (आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने बताइएको छ । File Photo/RN