सुनचाँदीको मूल्य तोलामा २ हजार ३ सयले बढ्यो


काठमाडौँ, ८ भदौ । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा २ हजार ३ सय र चाँदीमा ४० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५ सय निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी २ हजार ३ सय ५० मा खरिदबिक्री भइरहेको छ ।

शुक्रबार एक तोला सुन १ लाख ९५ हजार २ सयमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी २ हजार ३ सय १० मा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन ३ हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।