मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौं, ९ भदौ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णयहरू हुनसक्ने बताइएको छ ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणबारे निर्णय हुनसक्ने जनाइएको छ । प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन भ्रमणमा जाने बताइएको छ । यस्तै, भदौ ३१ गते भारत भ्रमणमा जाने चर्चा छ ।