काठमाडौं, १० भदौ । प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई पक्राउ गरेको छ । धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सिलवाल गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएपछि पक्राउ परेका हुन् ।
मंगलबारको गोरखा पत्रमा ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख छापिएको थियो । काउक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा पनि पक्राउ परेका थिए ।




प्रतिक्रिया