चिनियाँ राष्ट्रपतिसँग मेरो द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ : प्रधानमन्त्री ओली


काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा आफूले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भोलिबाट सुरु हुने चीन भ्रमणको बारेमा जानकारी दिने क्रममा यस्तो जानकारी दिएका हुन् । सो क्रममा आफूले चिनियाँ उपराष्ट्रपतिसँगपनि भेट गर्ने प्रधानमन्त्री ओलीले जानकारी दिए ।

उनले सुरुमै आफू चीनको पाँच दिने भ्रमणमा जान लागेको जानकारी गराएका छन् । उनले चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा आफू भदौ १४ गतेदेखि भदौ १८ गतेसम्मको लागि आफू त्यसतर्फ जान लागेको बताए । उनले सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिनको लागि आफू जान लागेको स्पष्ट पारे ।