प्रतिनिधिसभाबाट भूमिसम्बन्धी विधेयक पारित


काठमाडौं, १३ भदौ । प्रतिनिधिसभाबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने विधेयक २०८२ पारित भएको छ । आज (शुक्रबार) बसेको सभाको बैठकमा बहुमतले विधेयक पारित गरिएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने विधेयक २०८२ पारित गरियास्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका थिए। प्रतनिधिसभाको अर्को बैठक भदौ १८ गते दिउँसो १ बजे बस्नेछ ।