चीनले लिपुलेक भू-भाग नेपालको हो भने त्यसलाई नाका बनाएर व्यापार गर्दैनौं भन्न सक्नुपर्छः पूर्व राजदूत श्रेष्ठ


काठमाडौं, १५ भदौ । चीनका लागि नेपालका पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले चीनले लिपुलेक नेपालको भूमी हो भने त्यसलाई नाका बनाएर व्यापार गर्दैनौं भन्न सक्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चीनले नेपालको भू–भागलाई नाका बनाएर भारतसित व्यापार गर्ने सम्झौता गर्न नहुने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री सी जिनपिङबीच हिजो भएको भेटवार्ताको सन्दर्भ उल्लेख गर्दै पूर्व राजदूत श्रेष्ठले सीमा लिपुलेक विवादमा चीन फस्न नचाहने हो भने उसले यसबारेमा भारतसँग प्रष्ट कुरा गर्नुपर्ने बताए ।

‘हाम्रो भू–भागमा व्यापार सम्झौता गर्ने ? हुन्छ त त्यस्तो ? नजोडिनुस्, हामी चीनलाई त्यो आग्रह पनि गर्दैनौं । सीमाको बारेमा नेपालले भारतसँगै डिल गर्ला । तर, त्यो भू–भाग प्रयोग गरेर म व्यापार गर्छु भनेको चाहिँ चीनले के भन्ने छ । त्यो भू–भाग नेपालको हो भने हामी गर्दैनौं भन्नु परेन ? भू–भाग नेपालको हो भनेर नेपालले दाबा गरेर मात्रै पुग्दैन भने उसले भारतसँग कुरा गर्नुपर्दैन ? यो त नेपालको भन्छ नि, नेपालको भू–भाग हो भने त्यसलाई नाका बनाएर व्यापार गर्न त राम्रो हुँदैन नि भन्नुपरेन ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनका लागि नेपालको तर्फबाट कुनै प्रक्रिया सुरु नभएको उनले बताए । हस्ताक्षरका लागि मात्रै बीआरआईमा हस्ताक्षर भएको उनले बताए ।