रास्वपाले उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दै


काठमाडौं, १५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज अगामी कात्तिक १७ गते रूपन्देही–३ मा प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनको लागि उम्मेदवार चयन गर्ने भएको छ । रास्वपाले उप निर्वाचनको लागि उम्मेदवार चयन प्रक्रियाको आज अन्तिम दिन रहेको बताएको छ ।

उपनिर्वाचनको उम्मेदवार घोषणा अगाडि ९ जना आकांक्षीहरुले नख्खु जेलमा पुगेर पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । रास्वपाले १ः३० बजे पार्टी कार्यालयमा सचिवालय बैठक, ३ः३० बजे पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेर ४ः३० बजे उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ ।