काठमाडौं, १६ भदौ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै समर्थकहरुले ‘जिन्दावाद’को नारा लगाएका छन् । उनी आज विहान विराटनगरबाट विमानमार्फत काठमाडौं आएका हुन् । उनले काठमाडौंमा कुनै दिन ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा घन्किनेछ भनेर आफूले कहिल्यै पनि नसोचेको प्रतिक्रिया दिएका छन् ।
‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ । सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ । सबैलाई धन्यवाद,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।




प्रतिक्रिया