शेयर बजार १२ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब


काठमाडौं, १६ भदौ । साताको कारोबारको दोस्रो दिन आज (सोमबार) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२.०३ अंकले बढेर २ हजार ७ सय ६१ दशमलव ८६ अंकमा रोकिएको छ ।

नेप्से बढे पनि आइतबारको तुलनामा भने कारोबार रकम घटेको छ । आइतबार ६ अर्ब बढीको कारोबार भएकोमा आज कारोबार ५ अर्ब १० करोड ७४ लाखमा सीमित भएको छ । आज कारोबारमा आएकामध्ये १४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०६ वटाको मूल्य घटेको छ । आन कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ ।