विद्या भण्डारीको सदस्यता पार्टीले रोक्छ जस्तो मलाई लाग्दैन : सुरेन्द्र पाण्डे


काठमाडौं, १६ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेले विद्या भण्डारीलाई रोक्न नसक्ने बताएका छन् । उनले पार्टीले विद्या भण्डारीको सदस्यता रोकेको विषयमा आफूहरु निरन्तर लडिरहने बताए । आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नले पार्टीमा सदस्यहरु नै ठूलो भएकोले अन्य नेताको केही चल्दैन भनेर अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे । उनले भने,‘एमालेका सदस्य भन्दा ठूलो शक्तिशाली कोही छैन । सदस्यहरूको डिटर्मिनेशन भएपछि कोही नेताको केही चल्दैन । जहाँबाट पनि स्थिति फर्कन बाध्य हुन्छ, हेर्दै जानुस्, हामीले भनेको कुरामा शंका लाग्न सक्छ, अर्को अर्को साक्षात्कारमा तिमिहरूले भनेको कुरा सत्य रहेछ भन्ने स्थिति आउँछ ।’

एमालेको यही भदौ २० गतेदेखि विधान महाधिवेशन हुँदैछ । सो विधान महाधिवेशनमा विद्या भण्डारी पक्षधरले फरक मत लैजाने तयारी गरेको छ । यसको नेतृत्व वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओली पक्षधरले भने विद्यालाई कुनैपनि हालतमा एमालेको सक्रिय राजनीतिमा फर्कन नदिने घोषणा गरिसकेको छ ।

Photo Source: Rajesh Shrestha/Faceboook