कांग्रेस केन्द्रीय सदस्यमा जनसम्पर्क समिति कोटाबाट को-को भिड्दैछन् ?


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

जनसम्पर्क समिति कोटाबाट केन्द्रीय सदस्यका लागि विभिन्न क्षेत्रबाट ७ जना निर्वाचित हुनेछन्। यसका लागि महिला, युरोप, ओसियाना–अमेरिका, मध्यपूर्व, एसिया–प्रशान्त र भारत क्षेत्रबाट उम्मेदवारी परेको छ।

१. महिला : २ पदका लागि ६ उम्मेदवार

महिला कोटाबाट चन्दा अधिकारी, नन्दि कुमारी न्यौपाने, निर्मला थापा मगर, रविना थापा, डा. संगीता कार्की कुँवर र सीता सापकोटा घिमिरेले उम्मेदवारी दिएका छन्। यीमध्ये दुई जना निर्वाचित हुनेछन्।

२. युरोप : १ पदका लागि ८ उम्मेदवार

युरोप क्षेत्रबाट अंकित ओली, इन्द्रप्रसाद शर्मा, जितेन्द्र विक्रम शाही, टंक लम्साल, पूर्ण तिमिल्सिना, पूर्णबहादुर हमाल, विजय मोक्तान र विश्व आदर्श पण्डित प्रतिस्पर्धामा छन्।

३. ओसियाना–अमेरिका : १ पदका लागि ६ उम्मेदवार

यस क्षेत्रबाट अमृत वोस्ती, कञ्चन पोखरेल, कृष्ण गिरी (जगन्नाथ), रामकुमार मिश्र, रामजिवि पन्थ र सिए. विद्या भूषण कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

४. मध्यपूर्व : १ पदका लागि ५ उम्मेदवार

मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल, रितबहादुर कटुवाल, विमल सुवेदी, खेमराज बस्नेत र चण्डीप्रसाद योञ्जा चुनावी प्रतिस्पर्धामा छन्।

५. एसिया–प्रशान्त : १ पदका लागि ६ उम्मेदवार

एसिया–प्रशान्त क्षेत्रबाट दण्डपाणि कँडेल, नवराज शिवाकोटी, नारायणप्रसाद सुवेदी, डा. बलराम श्रेष्ठ, विनोदबहादुर थापा र सुरेश कोइरालाले उम्मेदवारी दिएका छन्।

६. भारत : १ पदका लागि २ उम्मेदवार

भारत क्षेत्रबाट धर्मराज काफ्ले र बालकृष्ण पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ।

जनसम्पर्क समिति कोटाबाट महिला २ सहित विभिन्न क्षेत्रका ७ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। निर्वाचन समितिले सार्वजनिक गरेको यो प्रारम्भिक नामावली भएकाले दाबी–विरोध तथा उम्मेदवारी फिर्तापछि अन्तिम सूचीमा केही परिवर्तन हुन सक्नेछ।