राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित


काठमाडौं, १७ भदौ । राष्ट्रिय सभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले आज बसेको राष्ट्रिय सभाको बैठकमा विधेयकको प्रतिवेदन पेश गरेकी थिईन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेकी थिईन् ।

मन्त्री न्यौपानलेको प्रस्तावमा राष्ट्रिय सभा सदस्यहरु कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार विष्णुबहादुर विश्वकर्मा, रेणु चन्दलगायतले छलफलमा भाग लिएका थिए । सांसदहरुले राखेको धारणामा मन्त्री न्यौपानेले जवाफ दिएकी थिईन् । मन्त्री न्यौपानेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरिएको हो ।