माओवादी केन्द्रको पदाधिकारी बैठक जारी


काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक जारी रहेको हो । पदाधिकारी बैठकमा हालै सम्पन्न स्थायी कमिटीको निर्णय, नेतृत्वको कार्यशैली, र पार्टीभित्र उठेका असन्तुष्टिहरूबारे गहन छलफल हुने बताइएको छ ।

त्यस्तै, बैठक मध्यपहाडी लोकमार्ग जागरण अभियान, समसामयिक राजनीतिक मुद्दा, र स्थायी कमिटी बैठकका निर्णयहरूमाथि छलफल केन्द्रित हुने बताइएको छ ।