दाङमा पनि ‘जेन–जी’ पुस्ताको प्रदर्शन


  • शरद रेग्मी

काठमाडौं, २३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरूद्ध दाङमा जेन–जी पुस्ताको प्रदर्शन सुरु भएको छ । दाङको घोराही र तुलसीपुरमा विहानैदेखि युवाहरुले प्रदर्शन सुरु गरेका हुन् ।

स्कुलका विद्यार्थीहरु पोसाक लगाएरै प्रदर्शनमा उत्रिएका छन् । यता आन्दोलनलाई ब्यबस्थित गर्न विहानैदेखि चाक–चोकमा व्यापक रुपमा सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारि विश्वप्रकाश अर्यालले जानकारी दिए ।

जेन–जीको प्रदर्शनका कारण दाङमा सार्वजनिक यातायात प्रभावित ठप्प भएको छ । राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका छन् ।