गोरखा, २३ भदौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अबको निर्वाचनमा गोरखामा माओवादीले सबै चुनाव जित्ने दाबी गरेका छन् । उनले माओवादी जुरूक्कै उठे देशैभर चुनाव जित्न सकिने बताएका हुन् ।
आज (सोमबार) गोरखाको पालुङटारमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । गोरखा ऐतिहासिक जिल्ला भएकोले अबको गोरखा अझ राम्रो गर्ने क्षमता राख्ने दाहालको भनाई छ । उनले माओवादी जुरूक्कै उठे क्लिन स्वीप गर्ने गरी चुनाव जित्न सकिने विश्वास दिलाएका हुन् । file photo




प्रतिक्रिया