रास्वपाले भन्यो : रवि लामछिानेसँगको पूर्व निर्धारित भेटघाट नख्खु कारागार प्रशासनले स्थगन गरेको छ


काठमाडौं, २३ भदौ । रावि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक रुपमा पार्टीको सचिवालय बैठक बोलाएको छ । पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले आह्वान गरेर सचिवालय बैठक बोलाईएको हो ।

बैठक दिउँसो ४ बजे रास्वपाको मुख्यालय बनस्थलीमा बस्नेछ । बैठकमा जेन जीको आन्दोलनमा सरकारको धरपकड र अबको बाटो लगायतका विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै, नख्खु कारागार प्रशासनले सभापति रवि लामिछानेसँगको पूर्वनिर्धारित भेटघाट स्थगन गरेको पनि झाले जानकारी दिए ।