कांग्रेस सहमहामन्त्रीमा कुन क्लस्टरबाट को-को उम्मेदवार?


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि विभिन्न क्लस्टरबाट उम्मेदवारी दिने नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार महिला सहमहामन्त्रीमा नानु मैया बास्तोला र प्रतिभा गौतमबीच प्रतिस्पर्धा हुने भएको छ।

खुलातर्फबाट अजय बाबू शिवाकोटी,अमृत कुमार अर्याल,देवेन्द्रराज कंडेल,डिल्लीराम सुवेदी , बिकास तिमल्सिना , विमलराज क्षेत्री,रमेश प्रसाद धमला,रामहरि खतिवडा र राजिव ढुँगानाबीच प्रतिस्पर्धा हुनेछ ।

खस–आर्यतर्फ जगदीश नरसिंह केसी, केशव मणिका आचार्य र शुभराम बस्नेतले उम्मेदवारी दिएका छन्।

आदिवासी जनजातितर्फ ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के र बहादुरसिंह लामा तामाङ उम्मेदवार बनेका छन्।

दलित क्लस्टरबाट नरेन्द्र पासवान, प्रकाश रसाइली स्नेही, मानबहादुर नेपाली र लक्ष्मी परियारले उम्मेदवारी दर्ता गराएका छन्।

मधेशी क्लस्टरतर्फ अजयकुमार चौरसिया, अभिषेक प्रताप शाह, किरण यादव, नसिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव र रामपल्टन साह प्रतिस्पर्धामा छन्।

थारु क्लस्टरबाट तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दिएका छन्।

मुस्लिमतर्फ अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मो. फिरदोष आलमले मनोनयन दर्ता गराएका छन्।

पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवर उम्मेदवार बनेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार सहमहामन्त्रीसहित विभिन्न पदमा मनोनयन दर्ता भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको यो प्रारम्भिक नामावली हो। दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया सकिएपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ।