काठमाडौं, २३ भदौ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा जेन–जी पुस्ताले गरेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मर्नेको संख्या ३ पुगेको छ ।
प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो भने एर्का एक जना संसद् भवनको गेटमै गोली लागेर ढलेका थिए । जेन–जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ८० जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुको सिभिल अस्पताल, ट्रमा सेन्टरलगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया